मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञहरूको तीन सदस्यीय प्रतिनिधिमण्डलले बिहीबार भेटघाट गरेको छ ।
भारतीय प्रतिनिधिमण्डलमा जल शक्ति मन्त्रालयका प्राविधिक विज्ञ आशिष पाण्डे, जगदम्बा प्रसाद र प्रसान्त राय रहेका छन् । भेटका क्रममा टोलीले भूगर्भीय पानीको अवस्थाको विस्तृत मूल्याङ्कन गर्न तथा पानी अभाव समाधानका उपायहरूबारे सुझाव दिने योजना प्रस्तुत गरेको छ ।
मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झाका अनुसार प्रतिनिधिमण्डलले आगामी दिनमा मधेश प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमण गरी भूगर्भीय पानीको अवस्थासम्बन्धी अनुसन्धान गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री सिंहले प्रतिनिधिमण्डलको अनुसन्धान र सुझावले प्रदेशमा दिगो पानी व्यवस्थापन तथा भू–जल संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
भिडियाे सामाग्री