नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहान सुक्खा पहिरो खस्दा अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडक खण्डमा पहिरो खसेपछि सवारी आवागमन रोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रविन्द्र खनालका अनुसार सो ठाउँमा चट्टानसहितको पहिरो खसेकाले बाटो बन्द भएको छ । उनले हाल दुईवटा ‘जेसिभी’ प्रयोग गरी पहिरो पन्छाउने कार्य भइरहेको र केहीबेरमै बाटो सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमै रोकिएका छन् ।