सप्तरी । शनिबार राति करेन्ट लागेर जिल्लाका एक दम्पतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५० वर्षीय बद्री सरदार र उहाँकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदार रहेका छन् । आफ्नै खेतको काम सकेर राति करिब ८ बजे घर फर्कँदै गर्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार, स्थानीय महेन्द्रसदाले हात्तीबाट धान जोगाउन तानी राखेको जिआई तारमा करेन्ट लागेको र घटनास्थलमै दम्पतीको मृत्यु भएको हो ।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ। घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
भिडियाे सामाग्री