कलैया | बाराको कलैया घण्टाघर नजिकैको भरत चौक छेउमा रहेको शौचालय उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको छ । कुरुप बनेर सहरको सौन्दर्य बिगारिरहेको उक्त शौचालयलाई आज बिहान डोजर लगाएर भत्काइएको हो ।
केही दिनअघि समाजसेवी आशिका तामाङले सामाजिक सञ्जालमार्फत सो शौचालयबारे सार्वजनिक गुनासो गरेका थिए । त्यसपछि उपमहानगरले सो शौचालय हटाउने निर्णय गरेको हो ।
यसअघि नै कलैया उपमहानगरपालिकाले घण्टाघर क्षेत्रमा सुविधा सम्पन्न नयाँ ‘सार्वजनिक शौचालय’ निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । पुरानो शौचालय भत्काएर सो क्षेत्रलाई समेटी आकर्षक पार्क निर्माण गर्ने योजना पनि उपमहानगरले अघि सारेको छ ।

भिडियाे सामाग्री