तेस्रो न्यु जेनिथ कप अन्तरविद्यालय बास्केटबल तथा फुटसल प्रतियोगितामा ज्ञान निकेतन र स्वर्णिमले च्याम्पियन बनेका छन् ।
आयोजक न्यु जेनिथको कोर्टमा भएको ब्वाइज बास्केटबलको फाइनलमा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–४३ ले पराजित गर्दै उपाधि हात पार्यो । ज्ञानका महेन्द्र प्याकुरेलले एक्लैले ३३ स्कोर गरे । गर्ल्सतर्फ स्वर्णिमले रिब्सलाई २४–२२ ले हराउँदै उपाधि जित्यो । स्वर्णिमकी हिसील्हामु लामाले ८ स्कोर गर्दै टोलीलाई विजयी बनाइन् ।
ब्वाइजतर्फ महेन्द्र प्याकुरेल र गर्ल्सतर्फ हिसील्हामु लामा मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । कन्स्टिलेसनका सुनिदन तामाङ (ब्वाइज) र रिब्सकी लिस्का थापा (गर्ल्स) सर्वाधिक स्कोरकर्तामा परे ।
फुटसलमा यू–११ उमेरसमूहको फाइनलमा बेसिक लर्निङले चेल्सी वर्ल्ड स्कुललाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्यो । यू–१३ तर्फ ब्राइट होराइजनले हार्टल्यान्ड एकेडेमीलाई ७–० ले हरायो भने यू–१६ फाइनलमा रिब्सले ग्रिन भिलेजलाई १–० ले पन्छाउँदै विजेता बन्यो ।
फुटसलतर्फ उत्कृष्ट खेलाडीमा यू–११ का सोयाङ लामा (एआई), यू–१३ का आरभ कलौनी (विद्यावाणी) र यू–१६ का श्रमन गुरुङ (रिब्स) घोषित भए । उत्कृष्ट गोलरक्षकमा चेल्सीका समृद्ध कँडेल, ब्राइट होराइजनका महेन्द्र सञ्ज्याल र रिब्सका आयुश केसी चयन भए । गोलकर्तातर्फ यू–११ मा बेसिक लर्निङका सरोज तामाङ (१० गोल), यू–१३ मा रेडियन्टका सुलभ गुरुङ (११ गोल) र यू–१६ मा रिब्सका ब्लेस गुरुङ (६ गोल) सर्वाधिक स्कोरकर्ता बने ।
बास्केटबलतर्फ ब्वाइजमा एभीएम र गर्ल्समा केसीसीएस अनुशासित टोली घोषित भए भने फुटसलतर्फ मनास्लु, जेनिश र समृद्धिले फेयर प्ले ट्रफी हात पारे ।
विजेतालाई अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा, काठमाडौं महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष नुच्छेकाजी महर्जन, न्यु जेनिथका संस्थापक प्रिन्सिपल राजु महर्जनलगायतले पुरस्कृत गरे