रौतहटकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका उनका पूर्वप्रेमी लक्ष्मण पासवानको उपचारका क्रममा मृत्यु भएको छ । बुधबार उनले आत्मदाह प्रयास गरेका थिए । आत्मदाहअघि उनले एक भिडियो सार्वजनिक गर्दै रुबीको हत्या आफूले नै गरेको स्वीकार गरेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।