रौतहट | रौतहटको चन्द्रपुर नगरपालिकाले बजार क्षेत्रमा भएको अतिक्रमण हटाउने अभियान सुरु गरेको छ । सडक र फुटपाथ कब्जा गरी सामग्री राख्ने तथा व्यापार गर्ने काममा नगरपालिकाले बन्देज लगाएको छ ।
नगरपालिकाले बारम्बार अतिक्रमण हटाउन आग्रह गरे पनि केही व्यापारीहरूले अटेरी गरेपछि मङ्गलबार बिहान चन्द्रनिगाहपुर चोकमा पालिकाको टोलीले फुटपाथ खाली गराएको नगरप्रमुख सञ्जयकुमार काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रराज मार्ग अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरदेखि मुनलाइट एकेडेमीसम्म तथा गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्तर्गत मुख्य चोकदेखि बजारसम्मको फुटपाथ खाली गराउन लागिएको छ ।
नेपाल पत्रकार महासङ्घ रौतहटका अध्यक्ष सञ्जयकुमार कार्कीले फुटपाथ खाली गर्ने कार्य सराहनीय रहेको बताउँदै, यसले शहरको सौन्दर्य बढ्ने, पार्किङको समस्या कम हुने र सडकपेटीमा भिडभाड नहुने उल्लेख गर्नुभयो ।
भिडियाे सामाग्री