रौतहट । भारत–नेपाल सीमावर्ती क्षेत्र कुंडवा चैनपुर प्रहरीले राति सञ्चालन गरेको चेकजाँचका क्रममा एउटा स्कुटीबाट ठूलो मात्रामा नेपाली क्यान बियर र विदेशी मदिरा बरामद गरेको छ ।
प्रहरीका अनुसार स्कुटीमार्फत लुकीछिपी मदिरा ओसारपसार भइरहेको सूचनाका आधारमा कारबाही गरिएको हो । बरामद मदिरासहित स्कुटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने कारोबारमा संलग्न व्यक्ति अन्धकारको फाइदा उठाएर फरार हुन सफल भएको बताइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भिडियाे सामाग्री