ठाकुरराम बहुमुखी क्याम्पसमा बुवाको नाममा परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महमद साहबुद्धिनका छोरा २५ वर्षीय महमद अफताब रहेका छन् । आइतबार मानविकी संकायको राजनीति शास्त्र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा दिँदै गरेका बेला अफताब पक्राउ परेका हुन् । उनले बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेकाे अवस्थामा फेला पारी प्रहरीकाे जिम्मा लगाएकाे क्याम्पस प्रशासनले जनाएकाे छ ।
पक्राउ परेका अफताब र उनका बुवाविरुद्ध त्रिवि नियमावली अनुसार कारबाही हुने क्याम्पस प्रमुख मोहन यादवले जानकारी दिएका छन् ।
भिडियाे सामाग्री