चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाका हुँदै २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार सो अवधिमा मात्र ११ अर्ब ९१ करोड बराबरको डिजेल आयात भएको जनाएकाे छ । यसबाट ५ अर्ब २८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, ६ अर्ब ८२ करोड बराबरको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा ४ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको उनले जानकारी दिए । यस्तै, दुई महिनामा ५ अर्ब १२ करोड बराबरको एलपी ग्यास आयात भएको छ ।
यसबाट ९६ करोड रुपैयाँ राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।