जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको आधिकारिक फेसबुक पेज शनिबार अनधिकृत व्यक्तिको पहुँचमा पुगेको थियो । मुख्यमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै साढे चार घण्टापछि पेज सफलतापूर्वक रिकभर भएको जानकारी दिएको छ ।
सचिवालयका अनुसार, उक्त पेज सचिवालयकै माध्यमबाट सञ्चालन हुँदै आएको थियो। विज्ञप्तिमा भनिएको छ, “माननीय मुख्यमन्त्री सतिश कुमार सिंहज्यूको सचिवालयमार्फत सञ्चालित CM Satish Singh आधिकारिक फेसबुक पेज हिजो साँझ ह्याकरहरूले ह्याक गरेकोमा सचिवालयका साथीहरू र आईटी विज्ञहरूको अथक प्रयासमा साढे चार घण्टापछि सफलतापूर्वक रिकभर गरिएको छ ।”
सचिवालयले जनाएको छ कि मुख्यमन्त्रीलाई कमजोर बनाउने प्रयासका लागि पेज ह्याक गरिए पनि यसले उहाँलाई अझ सशक्त भएर अघि बढ्ने हौसला दिएको छ । हालसम्म पेज अनधिकृत पहुँचमा लिने व्यक्तिको पहिचान खुलेको छैन ।