सुनसरी । अविरल वर्षा रेकिएसँगै सप्तकोशी नदीको बहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा का अनुसार, कोशी ब्यारेजमा आइतबार बिहान ६ बजे गरिएको मापनअनुसार ४,३५,३०५ क्युसेक प्रति सेकेण्ड पानीको बहाव रहेको छ ।
गएराति पानीको बहाव ५,३३,५४० क्युसेक प्रति सेकेण्ड थियो। रातिदेखि वर्षा कम भएसँगै नदीमा बहाव घट्दै गएको उपरीक्षक थापाले जानकारी दिए ।
हाल कोशी ब्यारेजका ५६ गेट खुला छन्। आइतबार विहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरूप रातो बत्ती बालिएको थियो भने रातो झण्डासमेत फहराइएको थियो ।