काठमाडौँ | भारतीय क्रिकेटर रविचन्द्रन आश्विनले नेपाली क्रिकेट टोलीको प्रशंसा गरेका छन् । उनी सामाजिक सञ्जालमा सक्रिय रहँदै नेपाली टोलीको प्रदर्शनको सराहना गर्दै उत्साहजनक सन्देश दिएका हुन्।
आश्विनले लेखेका छन्, “आफ्नो सपना पछ्याउँदै जानुहोस् । राम्रो काम, रोहित पौडेल। राम्रो काम, नेपाल ।” यसले नेपाली क्रिकेटप्रति अन्तर्राष्ट्रिय स्तरमा बढ्दो सम्मान र उत्साहको संकेत दिएको छ ।
नेपालले टी–२० विश्वकप २०२६ मा स्थान सुनिश्चित गर्दै सुपर ६ क्वालिफायर्समा उत्कृष्ट प्रदर्शन गरेको छ, जसको तारिफ आश्विनले गरेका हुन् ।