काठमाडौं । स्ट्राइकर यासिर जाब्रिनीको दुई गोलको मद्दतमा मोरक्कोले सोमबार बिहान सम्पन्न यु–२० विश्वकप फाइनलमा अर्जेन्टिनालाई २–० ले पराजित गर्दै इतिहास रचेको छ ।
जाब्रिनीले खेलको १२औं र २९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई जित दिलाएका थिए। यससँगै सन् २००९ मा घानापछि यु–२० विश्वकप जित्ने पहिलो अफ्रिकी राष्ट्र मोरक्को बनेको छ ।
मोरक्कोले समूह चरणमा स्पेन, ब्राजिल र मेक्सिकोलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको थियो । नकआउट चरणमा उसले दक्षिण कोरिया, संaयुक्त राज्य अमेरिका र फ्रान्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।
अर्जेन्टिनाका लागि यो प्रतियोगिताको पहिलो हार हो । सातौं पटक उपाधि जित्ने लक्ष्यका साथ फाइनलसम्म पुगेको अर्जेन्टिनाले आफ्नो उमेर समूहका दुई उत्कृष्ट खेलाडी क्लाउडियो एचेभेरी (बायर लेभरकुसेन) र फ्राङ्को मास्तान्तुओनोबिना प्रतिस्पर्धा गर्नु परेको थियो। यसले टोलीको प्रदर्शनमा असर पारेको बताइएको छ ।