बाराकाे फेटा गाउँपालिकामा ४० जना गरिब तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल बाराका अध्यक्ष एवं युवा नेता सद्दाम अन्सारीको पहलमा उक्त सामग्री वितरण गरिएको हो । अध्यक्ष अन्सारीले फेटा गाउँपालिका–७ गम्हरिया स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका ४० जना विद्यार्थीलाई विद्यालय ब्याग, कपी, कलम, पेन्सिल, इरेजर र सार्पेनर वितरण गरेका छन् ।
शिक्षा क्षेत्रमा सहयोगी अभियानका रुपमा अन्सारीले सो क्षेत्रका दलित, गरिब र असहाय परिवारका बालबालिकाको पढाइमा सहयोग गर्दै आएको स्थानीयहरू बताउछन् ।
शैक्षिक सामग्री वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समिति (एसएमसी) को सहयोग रहेको अध्यक्ष अन्सारीले बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पप्पु सिंह, शिक्षक यारमहम्मद अन्सारी, युवा अकबर मियाँ, तुफान अन्सारी, जोखन साह, सन्दीप राम, प्रवेज अन्सारी र अर्जुन मिश्र लगायतको सहभागिता रहेको थियो ।