महोत्तरी | प्रहरीले बर्दिबास र लालगढका छुट्टाछुट्टै स्थानबाट ४१ बोतल प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझ विशेष सूचनाको आधारमा सञ्चालन गरेको तलासीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
ब्युरो प्रमुख प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको नेतृत्वमा खटिएको संयुक्त प्रहरी टोलीले पहिलो सर्च अपरेसन लालगढबाट सुरु गरेको थियो ।
साँझ करिब ५ बजेतिर लालगढस्थित मोडेल अस्पताल पछाडिको कच्ची सडकमा तलासी लिँदा ज १२ प ३१२९ नम्बरको मोटरसाइकल चलाइरहेका मिथिला नगरपालिका–८, जमुनीबासका १८ वर्षीय रितेसकुमार महतोको साथबाट ओनेरेक्स सिरपका १५ बोतल बरामद गरिएको प्रहरीले जनाएको छ ।
ब्युरो प्रमुख अधिकारीका अनुसार मोटरसाइकलको लेगार्डमा झुण्याइएको झोलाभित्र लुकाइएका ती लागुऔषध फेला परेका हुन् ।
लगत्तै प्राप्त अर्को सूचनाको आधारमा अधिकारीकै नेतृत्वमा गएको टोलीले साँझ करिब ७ बजेतिर बर्दिबास नगरपालिका–८, हाथीलेट प्रहरी चौकी अगाडि निगरानी बढाएको थियो ।
पक्राउ परेका रितेस महतोलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा, र बाँकी दुई जना राजेश र रोहितलाई अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको ब्युरो प्रमुख अधिकारीले जानकारी दिनुभयो ।