बाराको कलैया उपमहानगरपालिका–२७ स्थित सिँचाइ नहरमा डुबेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५१ वर्षीया इन्दुदेवी कोइरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार इन्दुदेवी मंगलवार बिहान करिब ५ बजे घरबाट निस्किएकी थिइन् । केही समयपछि खोजतलास गर्ने क्रममा उनको शव नहरमा तैरिरहेको अवस्थामा़ फेला परेको हो ।
स्थानीयवासीको सहयोगमा शव नहरबाट निकालिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले घटनाबारे थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।
प्रहरीले मृत्युको कारणबारे यथार्थ तथ्य बाहिर ल्याउन पोस्टमार्टम प्रक्रिया अघि बढाइएको जनाएको छ ।
उनीविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।