पर्साको पटेर्वासुगाैलि गाउँपालिका वडा नं. २ स्थित मनवाबाट रंजपुर तर्फ जादैँ गरेकाे कारबाट भारी मात्रामा लागूऔषध गाँजा बरामद गरेकाे हाे ।
गाँजा ओसारपसार गर्ने क्रममा प्रहरीले दुईजनालाई पक्राउ समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मारुती सुजुकी कार बिअाेवि ९३९८ नम्बरको कारलाइ रोकी चेकजाँच गर्दा प्लाष्टिकमा लुकाइएको १० पोका भित्र राखिएकाे १०४ के.जी. ३२५ ग्राम गाँजा फेला पारेको हो ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर भिमफेदी गाउँपालिका वडा नं. ४ बस्ने ३२ वर्षीय भिम स्याङ्गटान (चालक) र जिल्ला मकवानपुर मकवानपुरगाउँपालिका वडा नं. १ बस्ने २८ वर्षीय कुमार स्याङ्गटान रहेका छन् ।
प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।