वीरगंज भन्सार कार्यालयबाट राजस्व दाखिला भइ महाेतरी पठाउनुपर्नेकन्टेनर इनर्वा स्थित गोदाममा अनलोड गरी भण्डारण गरिएको अवस्थामा पर्सा प्रहरीले छापामारी गरेकाे छ ।
पर्सा प्रहरीले वीरगंजको रेल्वे रोडस्थित एक सुपारी गोदाममा छापामारी गर्दै झण्डै ४ करोड रुपैयाँ मूल्य बराबरको दुई ट्रक सुपारी बरामद गरेको छ । पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकको नेतृत्वमा खटिएको टोलीले ९ / ९ सय बोरागरी १८ सय बाेरामा रहेको उक्त सुपारी छापामारी गरी बरामद गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बरामद सुपारीको स्रोत र कागजातको वैधताको अध्ययन गरिरहेको जनाएको छ ।
वीरगंजबाट अन्तिम गन्तव्य स्थान महोतरी लेखेकोमा वीरगंजको गोदाममा राखेकाले शंकास्पद अवस्थामा छापामारी गरेको पर्साका प्रहरी उपरिक्षक सुदिप राज पाठकले बताए ।
वीरगंज भन्सार कार्यालयबाट राजस्व दाखिला गरी महाेतरी जानुपर्ने कन्टेनर इनर्वा स्थित गोदाममा अनलोड गरी भण्डारण गरिएको अवस्थामा पर्सा प्रहरीले छापामारी गरी ४ कराेड बराबरकाे सुपारी बरामद गरेको हो । बरामद सुपारी सम्बन्धमा कागजात परीक्षण पछि थप कानुनी कारबाही अघि बढाइने पर्सा प्रहरीले जनाएको छ । सुपारीको अवैध कारोबारमा संलग्न व्यक्ति वा समूहको पहिचान प्रक्रिया गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।
यता व्यापारीले सुपारीकाे सम्पूर्ण कागजात रहेकाे दाबी गरेपनी भारत पठाउने तस्करीकाे तयारी गरेकाे सूचनाकाे अधारमा प्रहरीले छापामारी गरेकाे हाे ।