विदेह नगरपालिका–१ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने २ सय ६० मिलिग्राम सहित सबैला नगरपालिका–२ का १९ वर्षीय राहुल ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडीझिझाबाट खटिएको टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका ठाकुरमाथि लागूऔषध सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।