बारा | बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मेन्द्रकुमार मिश्रको सरुवा गरिएको छ । गत कात्तिक १८ गते बारामा नियुक्त भएका मिश्रको डेढ महिनामै सरुवा भएको हो ।
शुक्रबार बसेको संघीय सरकारले मन्त्रिपरिषद् बैठकले मिश्रलाई मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा सरुवा गरेको निर्णय गरेको छ ।
सरुवा पश्चात मिश्रले नयाँ जिम्मेवारीमा लाग्ने तयारी थालेका छन् ।