काठमाडौँ | नेपाल विद्युत् प्राधिकरणले ठूलो सङ्ख्यामा कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणको प्रधान कार्यालयले आज सूचना जारी गर्दै विभिन्न पदमा खुला प्रतियोगितात्मक परीक्षामार्फत स्थायी पदपूर्ति गर्न लागिएको जनाएको छ ।
सूचनाअनुसार दशौँ तहका सहनिर्देशक, आठौँ तहका निर्देशक, सातौँ तहका प्रशासकीय अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, समाजशास्त्री, इन्जिनियर, वातावरणविद्, मिटर रिडरदेखि सुपरभाइजरसम्मका २६६ पदका लागि दरखास्त आह्वान गरिएको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले आगामी माघ ८ गतेसम्म नेपाल विद्युत् प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।
विस्तृतमा यहाँ हेर्नुस्
https://drive.google.com/file/d/1b8WW0gJzYfbGTnk1VM-AlupDf3Yl8ZaT/view