नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षले पार्टीको आधिकारिकता माग्दै आज सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएपछि देउवा पक्षले सो निर्णयविरुद्ध कानूनी लडाइँ लड्ने निर्णय गरेको हो ।
शुक्रबार सम्पन्न पार्टीको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वलाई निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता दिएको थियो ।
शनिबार पार्टी कार्यालयमा बसेको देउवा समूहको बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेको हो। निर्वाचन आयोगबाट निरूपण भइसकेकाले अब सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिएको बैठकले जनाएको छ ।
बैठकले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्पूर्ण कानुनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी तोकेको छ ।