स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनको मूल्य २,९०० रुपैयाँ र चाँदी रु ५० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य ५ हजार ८७० रुपैयाँ रहेको छ ।
तुलनात्मक विवरण अनुसारस्
बुधबार सुनको मूल्यस् २ लाख ९५ हजार १००, चाँदीस् ५ हजार ९२०
मङ्गलबार सुनको मूल्यस् २ लाख ८४ हजार ७००, चाँदीस् ५ हजार ८८०
अन्तर्राष्ट्रिय बजारअनुसार आज एक औँस सुनको मूल्य ४,६९५ अमेरिकी डलर र सोही परिमाणको चाँदीको मूल्य ९५ अमेरिकी डलर मा कारोबार भइरहेको छ ।