आइतबार सुनको मूल्य तोलामा करिब ३ लाख ४ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिनको कारोबारमा छापावाल सुन तोलामा ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा ३ लाख १ हजार ४०० रुपैयाँ कायम भएको थियो । आइतबार कायम भएको मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार तोलामा ६ हजार १९० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार बढेर तोलामा ६ हजार ४८० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव स्वदेशी बजारमा पनि देखिएको हो ।