सिराहा नगरपालिका–७ स्थित ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले करिब ३ ग्राम २ सय २० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित मिर्चैया नगरपालिका–५ बस्ने २७ वर्षीया मनिषा कुमारी मण्डललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।