नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १८ हजार ८ सय रुपैयाँले घटेर ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य घटबढ हुने गरेको व्यवसायीहरूले बताएका छन् ।