नेपाली बजारमा सोमबार पनि सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला १३ हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख रुपैयाँ कायम रहेको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ८६ हजार ६०० रुपैयाँमा झरेको छ ।
यसअघि, बिहीबार सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य हो । त्यसपछि भने लगातार रूपमा मूल्य घट्दो क्रममा रहेको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला ५ हजार ५०० रुपैयाँ कायम रहेको चाँदीको मूल्य सोमबार घटेर ५ हजार २०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।