राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ । आयोगले जनाएको छ कि, सादा पोसाकमा रहेका प्रहरीले बालेनलाई भोट माग्दै गरेको श्रव्यदृश्य सामग्री प्राप्त भएकोले उनलाई स्पष्टीकरण मागिएको हो ।
आयोगले शाहसँग सोधेको प्रश्नमा मुख्यतः उनका श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धबारे स्पष्टता दिन भनिएको छ । आयोगले तीन दिनभित्र जवाफ दिन समेत अनुरोध गरेको छ ।
यसैगरी, निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनको मुद्दामा थप ९ जना उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म २१ स्पष्टीकरण मागिएकोमा आइतबार र सोमबार थप नौ जना उम्मेदवारलाई स्पष्टीकरण सोधिएको हो ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा रास्वपा उम्मेदवार हेमराज थापालाई पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनासम्बन्धी उजुरीका आधारमा स्पष्टीकरण सोधिएको हो । उजुरीमा भनिएको छ कि उम्मेदवार थापाले बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्दै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको थिए ।
उक्त उजुरीमा उल्लेख भएअनुसार, “तपाईंले मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण वा अपशब्दयुक्त अभिव्यक्ति दिनुभएको हो वा होइन? आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नु भएको हो वा छैन?” भन्ने प्रश्न उम्मेदवारलाई सोधिएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ (ख) र दफा २५ (१) (ख) र (ज) अनुसार बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए । यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक–१ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको उजुरीका आधारमा आयोगले सोही क्षेत्रका उम्मेदवार माधव सापकोटलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ जनाबाट जवाफ प्राप्त भएको जनाएको छ ।