महोत्तरीको बर्दिबास नगरपालिका–१४ बाट नियन्त्रित लागूऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
सोमबार साँझ इलाका प्रहरी कार्यालय बर्दिबास तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले सोही स्थानका ३२ वर्षीय रियाज अन्सारीलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार प्र.२–०२–००१ प ६४५१ नम्बरको मोटरसाइकलमा सवार अन्सारीलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको थियो । उनको साथबाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ७२ ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अन्सारीमाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।