राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसारको सबैभन्दा ठूलो शक्ति जनता भएको बताएका छन् ।
बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेका सभापति लामिछानेले निर्वाचनमार्फत जनतालाई निर्णय गर्ने अधिकार दिनुपर्नेमा जोड दिए । उनले वर्तमान अवस्थामा निर्वाचनको विकल्प नरहेको पनि बताए ।
उनले भने,
‘निर्वाचनमार्फत जनतालाई निर्णय गर्न दिऊँ । अहिलेको अवस्थामा निर्वाचनको विकल्प छैन। उत्तम विकल्प पनि यही हो ।’
त्यसैगरी, विमानस्थलमा एक शुभेच्छुकले ‘सिङ्गो जिल्ला रास्वपा होइन ?’ भनेर सोधेको प्रश्नको जवाफ दिँदै उनले ‘सिङ्गो जिल्ला मात्र होइन, सिङ्गो देश नै रास्वपा हुनेछ’ भन्ने प्रतिक्रिया दिएका थिए ।
बिहीबार गृह प्रवेश गरेका सभापति लामिछाने अब केही दिन चितवनको शान्तिनगरमा बस्ने र त्यहींबाट निर्वाचनसम्बन्धी गतिविधिमा सक्रिय हुने उनको सचिवालयले जनाएको छ ।