राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) आज दिउँसो कलैया, वीरगञ्ज र जितपुर पुग्ने भएका छन् । रास्वपाले यसको जानकारी दिएको हो ।
फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै चुनावी अभियान तथा जनसम्पर्कका लागि उनी मधेश क्षेत्रमा आउन लागेका हुन् । मधेश केन्द्रित चुनावी अभियानमा सक्रिय रहेका बालेनले यसअघि सप्तरी, सिरहा, धनुषा र महोत्तरीमा भव्य कार्यक्रमहरूमा सहभागिताले देखाइसकेकाे छ ।
पार्टीका अनुसार आज बिहान ८ बजे सर्लाहीको लालबन्दीबाट अभियान सुरु हुनेछ । त्यसपछि हरिवन, बरहथवा, गरुडा र चपुर हुँदै निजगढ प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ ।
निजगढपछि दिउँसो कलैया, वीरगञ्ज र जितपुरमा जनसम्पर्क तथा अभिवादन कार्यक्रम आयोजना गरिनेछ । स्थानीयस्तरमा बढ्दो राजनीतिक चासोका बीच बालेनको आगमनलाई चासोका साथ हेरिएको छ ।
यस कार्यक्रमले रास्वपाको चुनावी अभियानलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ ।