पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले पर्सागढी नगरपालिका वडा नम्बर–३ झाब्राहामा जनसम्पर्क कार्यक्रम समपन्न गरेका छन् ।
अभियानका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, विगत तीन दशकदेखि हुन नसकेको विकास, तथा अघिल्ला निर्वाचनमा अन्य दलहरूले गरेका आश्वासनहरूको कार्यान्वयन अवस्थाबारे सोधखोज गरेका थिए । साथै, उनले आफ्नो चुनावी एजेन्डा प्रस्तुत गर्दै विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयवासीसँगको संवादमा कानुले जनताको अपेक्षा अनुसार राजनीति गर्न आफू प्रतिबद्ध रहेको बताउँदै, जनप्रतिनिधि भएपछि क्षेत्रको समग्र विकासका लागि इमानदार प्रयास गर्ने प्रतिज्ञा गरेका हुन् ।जनसम्पर्क कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सहभागी मतदाताहरूले विकास र पारदर्शितामा केन्द्रित रास्वपाको अभियानप्रति चासो र समर्थन जनाएका थिए ।