पर्सा क्षेत्र नम्बर–३ बाट रुपेश कुमार पाण्डेय ले चुनावी प्रचार अभियानलाई थप तीव्र बनाउँदै आज पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
उम्मेदवार पाण्डेयले आज पर्सा जिल्ला अन्तर्गत पर्ने लहावरथकरि र मैनपुर क्षेत्रमा घरदैलो गर्दै स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका हुन् । घरदैलोका क्रममा उनले जनताको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अघि सारेका विकास र समृद्धिका योजनाबारे समेत जानकारी गराएका थिए ।
स्थानीयवासीहरूले उम्मेदवार पाण्डेयप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै विकास, रोजगारी, कृषि तथा क्षेत्रको समग्र उन्नतिका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । पाण्डेयले जनताको साथ र विश्वासले आफूलाई थप उत्साहित बनाएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तर अगाडि बढाइने बताएका छन् ।
एमालेले पर्सा क्षेत्र नं. ३ मा संगठन विस्तारसँगै चुनावी माहोल थप मजबुत बन्दै गएको जनाएको छ ।