पर्सा निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न वडाका दुइ दर्जन जेन्जि पुस्ताका युवाहरू आजदेखि जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरूले क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सरार्फलाई विजय गराउन आफ्नो प्रतिबद्धता प्रकट गरेका छन् ।
वीरगन्ज–२० का शत्रुधन यादव र वीरगन्ज–१३ का प्रन्जल ठाकुरको नेतृत्वमा यी युवाहरू स्वस्फूर्त रूपमा पार्टीमा प्रवेश गरेका हुन् ।
नव प्रवेशी युवाहरूलाई स्वागत गर्दै जनमत पार्टीका नेताहरूले आगामी निर्वाचनमा पार्टीको सफलता र क्षेत्रीय विकासमा उनीहरूको सक्रिय सहभागिताको महत्वबारे चर्चा गरेका थिए ।
स्वागत कार्यक्रममा पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार ओमप्रकाश सरार्फ, नेताहरू रम्भा मिस्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साह र युवा महानगर अध्यक्ष अजित सिहले पनि उपस्थित भई नव प्रवेशी युवाहरूलाई स्वागत गरेका थिए ।
पार्टी नेतृत्वले नवसदस्यहरूलाई सक्रिय रूपमा अभियानमा संलग्न गराउने र आगामी निर्वाचनमा पार्टीको विजय सुनिश्चित गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन् ।