राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्त को समर्थनमा टेढा बासिको ठूलो समूह पार्टी प्रवेश गरेका छन् ।
आज टेढामा आयोजित कार्यक्रममा पाँच सयभन्दा बढी व्यक्तिहरूले विभिन्न पार्टी छोडी रास्वपा प्रवेश गरेका छन् । सहभागीहरूले देशले परिवर्तन मागेको र रास्वपा नै जनताको आशा, भरोसा र परिवर्तनको वाहक पार्टी भएको विश्वास व्यक्त गरेका छन् ।
रास्वपा पर्सा सभापति हरि पन्तले समूहलाई पार्टी प्रवेश गराउँदै भने, “अब मुलुक नै रास्वपामय भएकोले आउँदो सरकार रास्वपाले बहुमतका साथ बनाउनेमा हामी ढुक्क छौँ । जेन्जी बिद्रोहद्वारा विस्थापित तत्कालीन सरकारका पार्टीहरू मुलुकको समृद्धि र विकासका लागि बाधक भएका कारण जनताले अब त्यहाँ ध्यान नदिने भएकाले हाम्रो जित सुनिश्चित छ ।”
उक्त पार्टी प्रवेश कार्यक्रममा विशाल कुशवाहको सभापतित्व रहेको थियो भने सहजीकरण कृष्ण पासवानले गरेका थिए । कार्यक्रममा टेढाका भद्र भलादमीहरू साकिर हुसेन, अबुलेश हुसेन, सगिर आलम, पूर्ण सपकोटा, मनिष यादब, कमला भुजेल, चन्दन यादव लगायतले सम्बोधन गरेका थिए ।