बिहीबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन प्रचारमा उम्मेदवारहरूले छत खोलेर हिँड्न मिल्ने ‘रुफटफ भेहिकल’ प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यका अनुसार, उम्मेदवारहरूको सुरक्षाका लागि सरकारले यस्तो निर्णय गरेको हो ।
विशेषगरी रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह चुनावी प्रचारमा हिँड्दा रुफटप गाडीबाट अभिवादन गर्दै हिँड्ने गरेका थिए ।
बैठकमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, आईजीपी दान बहादुर कार्की, सशस्त्र प्रहरी बलका आईजी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, र सेनाका प्रतिनिधि सहभागी थिए ।