रमेश रिजाल ले पर्सा निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत ठोरी गाउँपालिका वडा नम्बर ५ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरदैलो कार्यक्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै जनताका समस्या, गुनासा तथा सुझावहरू सुने । आफू विगतदेखि नै जनताको सेवामा समर्पित रहँदै आएको उल्लेख गर्दै उनले निर्वाचित भएपछि जनअपेक्षा अनुरूप काम गर्ने प्रतिबद्धता व्यक्त गरे।स्थानीयवासीहरूले उम्मेदवारलाई स्वागत गर्दै विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि विशेष पहल गर्न आग्रह गरेका थिए । कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाउँदै आगामी दिनमा पनि जनसम्पर्क अभियानलाई निरन्तरता दिइने बताइएको छ ।