राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति तथा पर्सा–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तलाई वीरगंज को गहवा र रामटोल क्षेत्रमा स्थानीय बासिन्दाले उत्साहजनक समर्थन जनाएका छन् ।
आज आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा सयौंको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो । गहवा र रामटोलबासीले घरघरबाट निस्केर पन्तलाई स्वागत गर्दै आफ्नो समर्थन व्यक्त गरेका हुन् ।
कार्यक्रमका क्रममा कतिपय स्थानीयले घर–घरबाट घण्टी बजाएर समर्थन जनाएका थिए । उम्मेदवार पन्तलाई विभिन्न घरमा टीका, माला तथा पुष्पगुच्छा प्रदान गर्दै शुभकामना तथा माया दर्शाइएको थियो ।
स्थानीय बासिन्दाले यसपटक परिवर्तनको पक्षमा उभिने अठोट व्यक्त गर्दै पन्तलाई विजयी गराउने प्रतिबद्धता जनाएका छन् ।
उक्त कार्यक्रम स्थानीय युवाहरू निरज गुप्ता, सुमित कादमिया, अबिनाश गुप्ता, विकास गुप्ता, छोट्टु साह, राजु साह, प्रदीप गुप्ता, दीपक कुश्वाह, आकाश गुप्ता, साहिल, अजय साह, करन साह, सन्तोष खेतान र रोशन खेतानलगायतको नेतृत्वमा सम्पन्न भएको जनाइएको छ ।