पर्सा जिल्लाको कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकामा विभिन्न राजनीतिक दल परित्याग गरी ठूलो संख्यामा नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कालिकामाई गाउँपालिका–३ हरिहरपुरका वडा अध्यक्ष सन्जय कुमार पटेलको नेतृत्वमा ४५१ जना कार्यकर्ता जसपा नेपाल त्यागेर काँग्रेसमा प्रवेश गरेका छन्। पटेल यसअघि जनता समाजवादी पार्टी नेपालबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै पोखरिया नगरपालिकाका नगर अध्यक्ष तथा मेयर प्रत्यासी राजु साह र वडा नं. ३ बसन्तपुरका वडा अध्यक्ष प्रत्यासी रबिभूषण तिवारीको नेतृत्वमा २०० जना नेता–कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विभिन्न दल त्यागेर काँग्रेसमा प्रवेश गरेका छ ।
नवप्रवेशीहरूलाई काँग्रेसका नेताहरूले स्वागत गर्दै पार्टीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् । प्रवेश गर्नेहरूले विकास, स्थिरता र सुशासनका लागि नेपाली काँग्रेस रोजेको बताएका छन् ।
स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ भने आगामी निर्वाचनमा यसको प्रभाव देखिने अनुमान गरिएको छ ।