उज्यालो नेपाल पार्टीका तर्फबाट रामकिशोर सिंहद्वारा पर्सा निर्वाचन क्षेत्र नम्बर १ को वीरगंज महानगरपालिका वडा नम्बर १८ सुखचैना र वडा नम्बर २१ पटेलनगर क्षेत्रमा रात्रि घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा उम्मेदवार सिंहले स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गाउँ–टोलका विविध समस्या र गुनासाहरू सुनेर ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
स्थानीयवासीहरूले उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका थिए । सहभागीहरूले सक्षम, शिक्षित तथा जनताको समस्या प्रति संवेदनशील उम्मेदवारलाई अध्ययन गरेर मात्र मतदान गर्नुपर्ने धारणा समेत व्यक्त गरेका थिए ।
उम्मेदवार सिंहले युवाहरूको भविष्य सुनिश्चित गर्न रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
स्थानीयवासीहरूको उत्साहजनक तथा पूर्ण सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रममा क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति बढ्दो जनसमर्थन देखिएको सहभागीहरूले बताएका छन् ।