जनकपुरधाम | धनुषा जिल्लाको मिथिला नगरपालिका स्थित बडहरी पुलमा विस्फोटक पदार्थ विस्फोट हुँदा दुई जना बालबालिका घाइते भएका छन् ।
घाइते हुनेहरूमा मिथिला नगरपालिका–८ बस्ने १६ वर्षीया अरुणिमा भुजेल र सोही स्थानका १२ वर्षीय सुशील माझी रहेका छन् ।
घटनाबारे जानकारी दिँदै अरुणिमा भुजेलले भनिन्, “एउटा डब्बाजस्तो वस्तु थियो, खुट्टाले छुनासाथ विस्फोट भयो ।”
जिल्ला प्रहरी कार्यालय धनुषा का डीएसपी गणेश बम ले विस्फोटक पदार्थ सामान्यजस्तो देखिएको प्रारम्भिक जानकारी दिएका छन् ।
विस्फोटपछि दुवै घाइतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको छ भने विस्फोट कसरी र किन भयो भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ ।