वीरगंज महानगरपालिकाले गहवामाईको रथयात्राका लागी आइतबार नगरक्षेत्रको सामुदायिक तथा संस्थागत सबै शैक्षिक संस्थाहरू बन्द गराउने निर्णय गरेको छ ।
गहवामाईको भव्य रथयात्रामा बढी भन्दा बढी भक्तजनहरूको सहभागिता गराउनका लागी महानगरभित्रको सबै शैक्षिक संस्थाहरू बन्द गराउने निर्णय भएको वीरगंज महानगरपालिकाले एक सूचना जारी गर्दै जनाएको छ । महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकले आइतबारका दिन निस्कने उक्त रथ यात्रामा सबैको सहभागिताका लागि बिदा दिइएको नगर कार्यपालिकाले जनाएको छ ।
जारी सूचनामा पूर्व निर्धारित छात्रवृति वितरण कार्यक्रमको हकमा सोमबारदेखि सबै विद्यालयहरूले अभियानकै रुपमा वितरण गर्न गराउन शैक्षिक महाशाखाले अनुरोध गरेको छ ।
