जिर्ण अवस्थामा रहेको वीरगंजको नरायणी रङ्गशाला पुनर्निर्माणको काम राष्ट्रिय खेलकुद परिषद्ले सुरु गरेको छ ।
आर्थिक वर्ष २०८२/८३ का लागि चार करोड रुपैयाँमा ठेक्का पाएको अंकुर निर्मण सेवाले असार १० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम थालेको मधेश खेलकुद परिषद का सचिव शिवजि गुप्ताले जानकारी दिएका छन् ।
विशेषगरी मधेश प्रदेशको गौरवको रूपमा रहेको यस रंगशाला को गत वर्ष जिर्ण अवस्थामा हुँदा खेलकुद कार्यक्रम सञ्चालनमा समस्या आएको थियो । हाल खेलकुद प्रेमीहरूको सक्रियतामा कवर्ड हल, रङ्गशालाको प्याराफिट लगायतका निर्माण तथा ठेक्का कार्यहरू तीव्र गतिमा भइरहेको सचिव गुप्ताले बताए ।
निर्माण सम्पन्न भएपछि स्थानीय खेलकुदकर्मी, विद्यार्थी र खेलप्रेमीहरूले यसलाई नयाँ जीवन दिने आशा गरेका छन् ।