वीरगञ्ज – करेन्ट लागेर वीरगञ्जमा आज बिहान एकजना कैदिबन्दीको मृत्यू भएको छ।
करेन्ट लागेर ३० वर्षिय अनिल महतो नुनियाको मृत्यू भएको हो। उनी वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुर निवासी हुन। अनिलको बिहान करीव साडे ११ बजे मृत्यू भएको हो।
वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरिक्षक पुष्कर बोगटीका अनुसार जवरजस्ती करणी मुद्दामा कारागार सजाय कटाउँदै आएका उनको मेसमा काम गर्ने समयमा मोटरमा आएको करेन्ट लागेर मृत्यु भएको हो। मृतक नुनियाको शव अहिले नारायणी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरी निरिक्षक बोगटीले बताए।