सांसद विना जैसवालले पाँचजना मन्त्रीलाई भेटेर वीरगंजस्थित सिर्सिया नदी फोहोर गर्ने उद्योगीलाई कारबाही गर्न माग गरेकी छिन् ।
वीरगंज पथलैया औद्योगिक करिडोर अन्तर्गतकाे जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र वीरगंज महानगर अन्तर्गतका स्थानीय निकाय भित्र पर्ने ६३ वटा उद्योगले गरेको प्रदूषणका कारण सिर्सिया नदी प्रदूषित भएको भन्दै मन्त्रीहरूलाई भेटेर उनले कडा कारबाहीको माग गरेकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद विना जैसवालले खानेपानी मन्त्री प्रदीप यादव, गृह मन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई ध्यानाकर्षण पत्र बुझाउँदै दोषी उद्योगीहरूलाई कारबाही गर्न आग्रह गरेकी छिन् । उद्योगहरूले सिर्सिया नदीमा फोहोर फालेर वातावरण प्रदूषित गरेको भन्दै यसमा संलग्न सबैलाइ कावार्ही गरी नदी स्वच्छ बनाउन उनले माग गरेकि हुन् ।
वीरगंज पथलैया औद्योगिक करिडोर अन्तर्गत पर्ने उधाेग मध्ये ६३ वटा उधाेगकाे प्रदुषाणाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएकी छिन् । साथै, उनले प्रदूषण नियन्त्रण गर्न स्थानीय निकाय र सम्बन्धित निकायसँग समन्वय गर्नुपर्ने आवश्यकता रहेकाले संघबाटै पहल हुनुपर्ने बताएकी छिन् ।