श्रोत नखुलेको भारतीय रुपैयाँसहित शंकास्पदरूपमा भारतकाे रक्सौलबाट आउँदै गरेका एक पुरुषलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकस्थित सडकखण्डमा प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँच गर्ने क्रममा चेकजाँचका क्रममा प्रहरीले अनिल कुमार (उमेर २९ वर्ष), पूर्वी चम्पारण बिहार जिल्ला, मोतिहारी, घोडासाहन निवासी दिनानाथ सादका छोरालाई नियन्त्रणमा लिएको हो ।
खानतलासी गर्दा अनिल कुमारको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रु। पाँचसय दरका नोट ४३८ थान, जम्मा भारतीय दुई लाख १९ हजार फेला परेको थियो ।
बरामद भारतीय रुपैयाँ र अनिल कुमारलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।