गृह मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ मा गरेका कार्यहरूको मूल्यांकन गर्दा १८ वटा जिल्ला प्रशासन कार्यालयहरूले ९५ र सो भन्दा बढी अंक प्राप्त गरेका छन् ।
मधेश प्रदेशका कुनै पनि जिल्ला प्रशासन कार्यालय भने ९५ अंक भित्र पर्न सकेका छैनन् । मूल्यांकनमा बारा र पर्सा जिल्ला प्रशासन कार्यालयभन्दा रौतहट र सुनसरी अगाडि रहेका छन् । कार्यसम्पादन मूल्यांकन सम्झौताअनुसार गरिएको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालयहरूले ७६.२५ देखि ९८ अंकसम्म प्राप्त गरेका छन् ।
कार्यालयहरूमध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देही ९८ अंक ल्याएर पहिलो स्थानमा छ भने जिल्ला प्रशासन कार्यालय सिरहा ७६.२५ अंकसहित अन्तिम स्थानमा रहेको छ । मधेश प्रदेशका आर्थिक कारोबार हुने जिल्लाहरू मध्ये जिल्ला प्रशासन कार्यालय पर्साले ८७.५६ अंक, बारा जिल्ला प्रशासन कार्यालयले ८४.५६ अंक, रौतहट जिल्ला प्रशासन कार्यालयले ८९.५६ अंक, र सिरहा जिल्ला प्रशासन कार्यालयले ८९.१२ अंक प्राप्त गरेका छन् ।
रुपन्देही सहित पाल्पा, बाग्लुङ, रुकुम पश्चिम, मकवानपुर, पर्वत, गुल्मी, तेह्रथुम र सोलुखुम्बु उत्कृष्ट १० को सूचीभित्र परेका छन् ।