वीरगन्ज महानगरपालिका–१२ हरिकामा नेपाली कांग्रेसका वडा अध्यक्ष प्रत्याशी जवाहिर गुप्ताको आयोजनामा निशुल्क आँखा चेक जाँच शिविर सम्पन्न भएको छ ।
हरिहरनाथ मन्दिरको धर्मशालामा आयोजित शिविरमा करिब दुईसय जना महिला, वृद्ध तथा बालबालिकाहरुले आँखा जाँच गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति अरविन्द गुप्ता, युवा नेता दिलिपराज कार्की, ने.का. वडा नम्बर १२ का बूथ सभापति संकर क्षेत्री, निर्वाचित वडा सदस्य अनिता क्षेत्री, नेविसंघका नेता विकास मण्डल लगायतको आतिथ्यमा शिविर सम्पन्न भएको हो ।
वीरगन्ज सामुदायिक आँखा अस्पतालको सहयोगमा आयोजित शिविरमा जाँच गरिएका ५० जनामा मोतियाबिन्दु रहेको आँखा प्रविधिक प्रभात चौरसियाले जानकारी गराएको छ ।
मोतियाबिन्दु भएका व्यक्तिहरूको निशुल्क शल्यक्रिया गरिने आयोजक जवाहिर गुप्ताले बताएका छन् ।