भरतपुर महानगरपालिकाले प्रदेश र केन्द्र सरकारको सहकार्यमा भरतपुर-१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य सुरु गरेको छ ।
महानगरको सहरी पूर्वाधार महाशाखाका प्रमुख सन्तोष आचार्यका अनुसार प्यारापिट मुनि ढुङ्गाको सोलिङको काम तीव्र गतिमा भइरहेको छ, र निर्माण सामग्रीहरूको परीक्षण भइरहेको छ । महानगर प्रमुख रेनु दाहालले निर्धारित समयमा काम पूरा गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै महानगरपालिकाको तर्फबाट आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
रंगशाला १० हजार दर्शक अट्ने प्यारापिटसहित निर्माण हुनेछ । निर्माणको लागत लगभग रु ७५ करोड ५० लाख हुनेछ। बागमती प्रदेश सरकारले ७० प्रतिशत लागत व्यहोर्ने सहमति गरेको छ भने संघीय सरकारले रु २५ करोड र भरतपुर महानगरपालिकाले रु ४.८० करोड बजेट विनियोजन गरेका छन्। निर्माण २०८३ पुस २२ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।